नवनिर्मित वडा कार्यालय भवन समुदघान समपन्न

प्रसौनी गाउँपालिका वडा न ४ खुट्वाजब्दीको नवनिर्मित वडा कार्यालय भवन समुदघान कार्यक्रमक समपन्न भएको छ ।
यस कार्यक्रमको अध्यक्षता गर्नु भएका वडा अध्यक्ष याकुब अन्सारी प्रमुख अतिथी प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल बिशिस्ट अतिथि उपाध्यक्ष किरण देबि साह बिशिस्ट अतिथि प्रमुख प्रसाशकिय अधिकृत सुजित कुमार सिंह अतिथिहरु शसस्त्र प्रहरी बल डी.एस.पी. राजेश्वर साह, इलाका प्रहरी निरिक्षक सुरेश भट, वडा अध्यक्ष लाल बाबू मुखिया , छोटा लाल प्रसाद, ईस्लाम मिया , बृज किशोर कुशवाहा नेता गण नुररुल होदा अंसारी मोजाहिर अंसारी, सौरभ कुमार गुप्ता, जनप्रतिनिधि कर्मचारी लगायत स्थानिय जनसमुदायको सहभागिता थियो ।

जिल्ला समन्वय समिति र पालिकाको संयुक्त लगानीमा करीब ३५०००००।– (पैंतिस लाख) को लागतमा भवन निर्मण गरिएको हो जनताको जन चाहनालाई उच्च प्राथमिकतामा राखेर बिकास कार्य योजना गरिएको छ । चन्डिमाइ माई खेलकुद मैदानलाई गाउस्तरिय बनाउने बिगतको दिनमा भोगेको विभिन्न पिडालाई मनन गर्दै अब उप्रान्त त्यस्तो भोगनु नपरोस् । आपनो क्षमताले भयाय सम्म ठूलैठूला कराडौको लागतमा परियोजना लयाई प्रसौनीमा धर्मशाला , वडा नं. ३ मा रहेको पोखरीलाई सौन्दर्य करण गर्दैछौ ।
यस सौन्दर्यबाट प्रटकिय स्थान बनाई प्रट्क आउने छ्न र यसबाट पालिकामा बिकास कार्यमा सहयोग मिलने छ । अन्त ठाउ भन्दा हाम्रो पालिका नमुना हुनेछ । शिक्षा छेत्र, स्वास्थ छेत्रम अहम भुमिका खेलिरहेका छौ । सडक बाटो घाटो लगायत सडकको दुईटै साइड्मा बृक्षा रोपन गरि यस पालिकालाई हरियाली हराभरा बनाईने छ । अध्यक्ष जैसवालले बताउनु भयो ।

आफ्ना मन्त्बय राख्दै जनताको लागीको अफिस समयमा मात्र नभई बिहान बेलुका कुनै पनि समयमा जनताको बिकास कार्यको लागि तयार रहेको र आफुले अठोट गरेको वडा कार्यालय भवन निर्माण कार्यलाई समपन्न गराएको बताए । यसबाट जनताको सरल, सुबिधा समयमा जन्ताको काम होस । सरदफाइमा बिशेश ध्यान दिने वडा अध्यक्ष अन्सारीले बताए । कार्यक्रम संचालक तृपुरारी राउतले सन्चालन गरेका थिए ।







