जनतासँगको प्रत्यक्ष संवाद पूर्व प्रधानमन्त्री प्रचण्ड

बारा । नेकपा माओवादी केन्द्रले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जनजागरण अभियान पुनः सुरु भएको छ । केही दिनका लागि स्थगित गरिएका अभियानलाई माओवादी केन्द्रले फेरि निरन्तरता दिएको हो ।


कलैया बिरगंज अन्तर्गत पर्ने बाराको प्रसौनी गाउँपालिकामा रहेको पतन्जली नजिकै मैदानमा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको जन जागरण अभियान आज बिहिबार सभामा सम्बोधन गरेका छन । यस कार्यक्रमका अध्यक्षता गर्नु भएका पालिका अध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी उम्मेदवार बिजय यादव प्रमुख अतिथि नेकपा माओबादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) बिशिष्ठ अतिथि नेकपा माओबादी केन्द्रिय पार्टीका उपाध्यक्ष तथा पूर्ब गृह मन्त्री मातृका यादव, नारायण काजी श्रेष्ठ, नेकपा माओबादी केन्द्रिय पार्टीका उपाध्यक्ष तथा पूर्ब सभामुख अगनी सापकोटा, पूर्ब बन मन्त्री मातृका यादव, पम्पा भुसाल, महेन्द्र राय, अनिल श्रेष्ठ, ईलाका प्रहरी निरीक्षक सुरेश कुमार भट्ट , याकुब अंसारी, मोजाहीर अंसारी कार्याक्रम संचालक नुरुल होदा अंसारी लगायत शीर्ष नेता सुरक्षाकर्मी, संचारकर्मी,जनसमुदायको उपस्थिति रहेको थियो ।

मधेसका विभिन्न स्थानमा जनतासँगको प्रत्यक्ष संवाद र जनजागरण कार्यक्रमलाई तीव्रता दिने योजना रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close