नवदिप एकेडेमीको ११ औं बार्षिकोत्सव समपन्न

शिक्षा क्षेत्रमा ख्यातिप्राप्त वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नवदिप एकेडेमीले आफ्नो ११ औं बार्षिकोत्सव बिरगंज बसपार्कको अनमोल पार्टी प्यालेसमा भब्य रुपमा सम्पन्न गरेको छ ।
नवदिप एकेडमीकी प्रधानाध्यापिका सुशीला साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका उप मेयर इम्तियाज आलमले यस स्कूलले छोटो समयमै राम्रो प्रगति गरेकोमा हार्दिक बधाई ब्यक्त गर्दै शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन महानगर भित्रका सम्पूर्ण स्कूलहरुले हातेमालो गरी अगाडि बढन सुझाएका थिए ।
यस बिधालयले बार्षिकोत्सवकोे अवसरमा आफ्ना बिद्यार्थीहरुको शिक्षामा रुची र मनोबल बढाउन प्रथम , दुतिय, र तृतीय श्रेणीका बिद्यार्थीलाई पुरस्कार बितरण गरेको छ ।

साथै शिक्षक शिक्षिका र कर्मचारीहरुको सराहनीय भूमिकाको उच्च मुल्यांकन गरि कदर पत्र प्रदान गरिएको छ ।

समय अनुसार संस्कृतिक नृत्यको आयोजना गरि बच्चाहरुलाइ हर्सोल्लास बनाउन अहम भुमिका खेलिएको छ ।

सो अवसरमा अन्य अतिथि गण, अभिभावक शिक्षक शिक्षिका, सन्चारकर्मी लगायत बिद्यार्थीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।








