लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित सडक खण्डबाट दुई जना व्यक्तिहरू संकाष्पद रूपमा बाटोको छेउमा उभी एकआपसमा कुराकानी गर्दै गरेको अवस्थामा निजहरूलाई पक्राउ गरिएको छ ।


बिशेष सुचनाको आधारमा बसपार्क प्रहरी चौकी तथा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले गस्ति गर्ने क्रममा निजहरूलाई खानतलासी गर्दा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ बस्ने बर्ष ३८ को बिनोद प्रसाद गुप्ताले लगाएको पाइन्टको दाहिने खल्तीबाट २ वटा सेतो रंगको प्लाष्टिकमा बेरी राखेको पोकाभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ १०२ ग्राम फेला परेको र ऐ.ऐ.बस्ने वर्ष ३८ को फिरोज चौधरी समेतलाई उल्लेखित लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close