बिश्रामपुर गाउँपालिकामा शान्तिपूर्ण स्थानीय तहको निर्वाचन कार्य सप्पन्न

बारा / बिश्रामपुर गाउँपालिकाको स्थानीय तहका निर्वाचन कार्य सप्पन्न भएकोछ । निर्वाचन अधिकृत गणेश बहादुर अधिकारीको नेतृत्वमा नेपाली सेना नेपाल प्रहरी सशस्त्रप्रहरीक सहकार्यमा शान्तिपूर्ण भयरहित ढंगले निर्वाचन सप्पन्न भएकोहो । बिश्रामपुर गापामा कुल मत १२९९०/ पोलिङ भएकोथियो । जस मध्य लोसपा नेपाल को अध्यक्ष जुबैर भाइले निकटतम प्रतिबन्धित संग १९९१/ मत बढि ल्याइ निर्वाचित भएकाछन । त्यस्तै लोसपा नेपालकै उपाध्यक्ष प्रीयांका शहले
निकटतम प्रतिबन्धित संग११३२/ मत बढि ल्याइ निर्वाचित भएकाछिन । तेस्तै वडाहरुमा क्रमश वडा न १ का संतोष पटेलले लोसपा नेपालको तर्फ बाट पूरा प्यानल निर्वाचित भएकाछन । वडा २ को जसपा मनोज यादव वडा न ३ मा नेपाली काङ्ग्रेसबाट शिव चन्द्र यादव वडा न ४ बाट एकीकृत समाजवादीबाट किशोरी साह तुरहा वडा न ५ बाट अमिरी प्र गुप्ता निर्वाचित भएकाछन । नवनिर्वाचित जनप्रतिनिधिहरु लाइ निर्वाचन अधिकृत गणेश बहादुर अधिकारीले फुलको माला टीका गम्छा लगाइ शुभकामना दिन्दै प्रमाणपत्र वितरण गरिएकोहो ।तेस्तै निर्वाचकार्यमा सहयोग पुर्याउने नेपाल प्रहरीका ब ना नि रोशन अधिकारी सशस्त्र प्रहरीबलका सप्रनी अम्बिर खत्री साहयक निर्वाचन अधिकृतको भुमिकामा रहेका राकेश ओझा कम्पीयुटर अप्रेटर गुलाब मेहता देव मंडल लगाएत सम्पूर्ण गापा कर्मचारी लाई माला टीका गम्छा लगाएर स्वागत तथा धन्यवाद दियकाथिए । गापाको प्रमुख प्रशासकिय अधिकृत एवंम साहयक निर्वाचन अधिकृत राकेश ओझाले सम्पूर्ण नवनिर्वाचित जन प्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेकाथियो ।