प्रसौनी गाँउपालिकाको गाँउसभा विवादित, अध्यक्ष जैसवारले प्रकृया न पुरयाएर जबरजस्ति गरेका जनप्रतिनिधीको अरोप

बारा । बाराको प्रसौनी गाँउपालिकामा शनिबार सम्पन्न भनिएको एघारौँ गाँउसभा अवैधानिक रहेको बहुमत जनप्रतिनिधीले बताएका छन् ।

गाँउपालिकामा कुल ३९ जना सदस्य रहेको मध्ये आवश्यक कोरम समेत नपुरयाइ १८ जना सदस्यले मात्र शनिबार गाँउपालिका अध्यक्ष जबरजस्ति सम्पन्न गराएको गाँउसभा अवैध भष्ट रहेको बताएका हुन् । कुल ७ वटा वडा रहेको गाँउपालिकाका चार जना वडा अध्यक्ष, ती बाहेकका ६ जना कार्यपालिका सदस्य र ११ जना वडा सदस्यहरुले विज्ञप्ति जारी गर्दै शनिबार सम्पन्न भनिएको गाँउसभा बहुमत सदस्यले बहिष्कार र अवैध रहेको दाबी गरेी बिज्ञप्ती जारी गरेका छन । शनिबार गाँउपालिका अध्यक्ष विनोद जैसवारले आवश्यक कोरम समेत नपुरयाइ आफना कर्मचारीहरुलाई राखेर गाँउसभा गरेको आरोप लगाएका छन । आफुहरुले भने बहिष्कार गरेको उनिहरुले बिज्ञप्ति मार्फत जनाएका छन् । अवैध रुपमा गरिएको गाँउसभा खारेज गरि विधि र प्रकृया पुरयाएर पुन गाँउसभागर्न पनि उनिहरुले माग गरेका छन् ।

न्यायोचित र समानुपातिक ढंगले बजेटको विनियोजन हुनु पर्ने , विषयगत समितिहरुको बैठक बस्नु पर्ने , ऐनमा छलफल गरेर संशोधन गर्नु पर्ने , प्रकृया पुरयाएर गाँउसभा गर्नु पर्ने आफुहरुको माग रहेको वडा नम्बर २ का वडा अध्यक्ष याकुब अंसारीले जानकारी गराए । प्रसौनी गाउंपालिकाको आर्थिक संयोजक तथा उपाध्यक्ष किरण साह लगायत कुनै पनि जनप्रतिनिधीहरु बजेट निति तथा कार्यक्रम प्रस्तुत हुन नसकी असक्षम भए पछि सूचना अधिकृत प्रस्तुत गरेका थिए । अध्यक्ष ज्यूसंग सम्पर्क गर्दा ब्यस्त ब्यस्त

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close