प्रसौनी गा.पा–३, नौतनमा नेकपा (एस) प्यानलसहित विजयी

बारा । प्रसौनी गाउँपालिकाको वडा नं.–३ नौतनको वडा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) उम्मेदवार छोटेलाल प्रसाद कानु प्यानलसहित निर्वाचित भएका छन् ।
कानुले ५५६ मत प्राप्त गरे । नेपाली कांग्रेस उम्मेदवार राम प्रसाद साहले ३६८ र लोसपा नेपाल उम्मेदवार बृजै प्रसाद गुप्ताले २६६ मत प्राप्त गरे ।
वडा नम्बर ०३ को वडा सदस्यमा नेकपा एमाले (एस) बाट निज राजेश गुप्ता र संदिप कुमारसहि विजयी भए । महिला सदस्यमा सुनिता देवी यादव र गिरजा देवी निर्वाचित भए ।
आफ्नो प्रतिक्रिया दिनुहोस