अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते

दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन्।

दुर्घटनामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ। दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई  उपचारका लागि अस्पतालमा लगिएको  स्थानीय मिडियाले जनाएका छन्।आपतकालीन सेवाले घटना पछि उद्धार र राहतको लागि नजिकैको क्षेत्र खाली गरिएको  प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ।

प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भिर चोट लागेको थियो  भने अन्यलाइ सामान्य भाट पटक लागेको थियो ।  उडानको केही समय पछि नै विमान विमानस्थल स्रोतसँग सम्पर्क विहिन भई दुखद  दुर्घटनाग्रस्त भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उदृत गर्दै एबीसी न्यूजले जनाएको छ।

दुर्घटना पछि बाक्लो कालो धुवाँ नजिकैको क्षेत्रमा फैलिएकाले अग्नि नियन्त्रक सेवाले प्रवावित क्षेत्रका मानिसहरूलाई घर भित्रै बस्न सल्लाह दिएको छ। अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close