झौवामा रहेको युवराज एकिकृत कृषि फर्ममा आगलागी, लाखौंको क्षति

वीरगंज ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं। ३ झौवामा रहेको एक कुखुरा फर्ममा शनिवार राती आगलागी हुँदा लाखौंको क्षति भएको जनाईएको छ ।
झौवामा रहेको युवराज एकिकृत कृषि फर्ममा शनिवार राति करिब १२ः४० मा अचानक आगलागी हुँदा सो फर्ममा रहेको ५ हजार तयारी र ७ हजार चल्लाहरु गरि करिब १२ हजार कुखुरा जलेर नष्ट भएको फर्मका सञ्चालक सुकदेव साह कलवारले बताए ।
सो फर्ममा कुखुराको लागि राखिएको दाना, भाडाकुडा, ओछयान सहित फर्म पूर्ण रुपमा जलेर नष्ट भएको सञ्चालक कलवारले दुःखेसो पोखे । सो आगलागीबाट करिब ५६ लाख ८५ हजारको धनमाल जलेर नष्ट भएको सञ्चालक कलवारले बताए ।
आगलागीलाई वीरगंज महानगर र पोखरिया नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानियहरुको सहयोगमा नियन्त्रणमा आएको स्थानिय प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close