स्थानिय युवाहरुद्वारा सर–सफाई कार्यक्रम सम्पन्न

बारा । बाराको प्रसौनी गाउंपालिका वडा नं.–३ नौतनका राष्ट्रिय बजरंग दल र स्थानिय युवाहरुको समुहले संयुक्त रुपमा आफनो गाउं आफै बनाउँ नाराका साथ बृहत सर–सफाइ अभियानमा जुटेका छन ।
सफाई नहुदा राम्रो ठाउं पनि नराम्रो देखिने र धेरै दिन देखि सफाई नगरिएका कारण फोहोरबाट लामखुटेको प्रकोप बढनुका साथै विभिन्न रोगहरु बढन सक्ने हुनाले सो लाई न्यूनिकरण गर्न यो अभियान चलाइएका वडा सदस्य संदिप गुप्ताले बताए ।

सो कार्यक्रममा पूर्व वडा अध्यक्ष बैजु गुप्ता, वडा सदस्य संदिप गुप्ता, राजेश गुप्ता, अजय कुमार गुप्ता, अर्जुन कुमार महतो लगायत स्थानिय युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस





