बारामा दिन दहाडै शिक्षकको हत्या

आश महमद मियां
बाराको कलैया उपमहानगरपालिका–६, मस्जिद चोकमा अज्ञात व्यक्तिले गोली हानी शिक्षकको हत्या भएको छ ।
दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार भने (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागे लगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभए पछि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता दधि राम न्यौपानेले यस अनलाइनलाई बताए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको छ । अहिले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, कलैया उपमहानगरपालिकाका मेयर विनोद शाह लगायतको टोली पनि अस्पतालमा पुगेको छ । बिशेष अनुसंधान भैरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close