अबैध कुखुरा ईलाका प्रहरी कार्यालय द्वारा नष्ट

अबैध कुखुरा ई. प्र. कार्यालय प्रसौनी गण्डक द्वारा नष्ट गरिएको छ । भारतबाट नेपाल तर्फ बा २४ प २३११ नं. को मोटरसाइकलमा बोरामा राखी लुकाई छिपाई ल्याउदै गरेको बोवाईलर कुखुरा जिल्ला बारा विश्रामपुर गा.पा. वडा नं. २ कान्तिपुर स्थितमा सिमा प्रहरी चौकी.छतवाबाट अं १०ः२० बजेको समयमा प्र.ना.नि. राजन कुमार थापाको कमाण्डमा खटि गएको प्रहरी टोलिलाई देखे पछि मोटरसाईकल चालक मो सा. छाडी फरार भएकोमा उक्त मोटरसाइकललाई चेकिङ्ग गर्दा अवैध रुपमा बोरामा राखी लुकाई छिपाई चोरी पैठारी गरी करीब १०० के.जी. बोवाईलर कुखुराको मासु ल्याईरहेको र मो.सा. नियन्त्रणमा लिएको थियो ।

सो मासु र मो. सा.ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा बुझाईएको छ । मासु करीब ३६०००/– रहेको छ भने मो.सा. करीब ६००००/– रहेछ ।

अबैध बोवाईलर कुखुराको करीब १०० के.जि. कानुन बमोजिम नष्ट गर्नु पर्ने भएकोले जन प्रतिनिधी, भद्र भलादमी, संचारकर्मी समेतको रोहवरमा मासुलाई ई. प्र. कांर्यालयको २० मिटर पुर्व रहेको सिंगहा नालाको किनारमा खाल्टो खनी कुखुरा राखी माटो पुरी नष्ट गरीएका छन । ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डक बाराले जनाएकोछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close