नेता सोनल अस्पताल भर्ना

आश महमद मियाँ ।
वीरगञ्ज, ९ मंसिर । मधेश प्रदेशका पूर्व भौतिक पूर्वधार विकासमन्त्री जितेन्द्र सोनल अचानक अस्वस्थ्य अस्पताल भर्ना भएका छन । चुनावको शिलशिलामा घुमफिर बढी भई दुई÷चार दिनदेखि रुघाखोकी, ज्वरो, टाउको दुखेको समस्याले अफ्ठ्यारो भई परवानीपुर वडा नं. ४ नौतनम बहुअरी स्थित रहेको एलएस न्यूरो अस्पतालमा भर्ना भएका छन ।

एलएस न्यूरो अस्पतालका अध्यक्ष डा. श्याम बाबु प्रसाद पटेल, डा. पवन पटेल, डा. अजय गुप्ता सहितको टोलीले उपचार गरिरहेका छन । उनको स्वास्थ्यमा क्रमिक सुधार भईरहेको छ भने अझ दुई चार दिन सम्म आराम गर्न डा. श्याम बाबु पटेलले सल्लाह दिएका छन । भर्खरै सम्पन्न आम निर्वाचनबाट दोस्रो कार्यकालका लागि बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close