पर्सामा जसपा प्रतिको आकर्षण, एमालेका गाउँपालिकाका अध्यक्ष उम्मेदवार नै जसपा प्रवेश

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएका रञ्‍जित साहसहित १ सय भन्दा  बढीले जनता समाजवादी पार्टी (जसपा) रोजेका छन् ।

वीरगंजको ओमआश्रमस्थित जसपा पर्साको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा साहसति ताराचन्द्र पण्डित, हफिज मियाँ, शुकराज साह कानु, धुरी साह कानु, नाजिर मियाँ, रसुल मियाँ, भिक्हम अन्सारी, अब्दुल मियाँ लगायत १ सय भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रमलाई पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य प्रदीप यादव, हरिनारायण रौनियार, केन्द्रिय सदस्य फिरोज मन्सुर, मधेश प्रदेशका प्रदेशसभा सदस्य सिँहासन साह कलवार, जनत अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयरका उम्मेदवार राजेशमान सिंह, मधेश प्रदेश समिति सदस्य गौरीशंकर साह, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन लगायतले सम्बोधन गरेका थिए ।

सांसद यादवले नजिकिदै गरेको स्थानीय तहको निर्वाचनको अवसरमा जसपामा जनलहर बढेको बताए । पछिल्लो समयमा जसपाप्रतिको आकर्षणका कारण जसपाको जित सुनिश्चित भएको यादवको भनाई छ । पर्सा जिल्लामा सँधै पहिलो पार्टीको रुपमा रहेको जसपाले अब पछाडी फर्किनुपर्ने अवस्था नआउने उनले बताए । पार्टीप्रति र जनताप्रति त्याग र योगदान दिएका व्यक्तीहरुलाई पार्टीले अवश्य मूल्यांकन गर्ने भएकाले निरन्तर पार्टीप्रति इमान्दारीताका साथ लाग्न पनि उनले आग्रह गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close