टेम्पु दुर्घटना हुँदा बालिकाको मृत्यु चार जना घाईते

आश महमद मिया
बारा, चैत्र १९ गते ।

बारा जिल्लामा पछिल्लो समय सडक दुर्घटनाको अवस्था चिन्ताजनक देखिएको छ । आईतबार दिउँसो पौने १ बजे टेम्पुको स्पङ्गि (शौकर) भाँच्एिर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै एक जना बालिकाको मृत्यु भएको छ ।
बिरगंजबाट कलैया तर्फ जादै गरेको स १ ह ७०८ नम्बरको टेम्पु फेटा गाउँपालिका–१ भलुही चोक नजिकै आईतबार दिउँसो १ः४५ बजे स्पङ्गि भाँच्एिर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा भारत, बिहार राज्य पूर्वीचम्पारण मोतीहारी जिल्ला रक्सौल कोईरिया टोल वस्ने आदित्य श्रीवास्तवको तीन वर्षीय छोरी पहरी कुमारीको घटनास्थलमै मृत्यु भएको छ भने, सो टेम्पुमा सवार अन्य जना पनि घाईते भएको ईलाका प्रहरी कार्यालय, प्रसौनी गण्डकका प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा सोही ठाउँका ५८ वर्षीय शिव कुमार वर्मा, २३ वर्षीय जगदेव वर्मा, २५ वर्षीया सीमा देवी र २७ वर्षीया मृत्तककी आमा पुजा श्रीवास्तव रहेकी छिन । घाईते चारै जनाको एस.एल.न्यूरो अस्पताल परवानीपुर बारामा उपचार भई रहेको तथा टेम्पु चालकको खोजी भई रहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close