श्री राधाकृष्ण सामुदायिक सिलाई केन्द्रको १३ औं साधारण सभा समपन्न

वीरगंज । श्री राधाकृष्ण सामुदायिक सिलाई केन्द्रको १३ औं साधारण सभा आज सभय र भब्य रुपमा समपन्न भएको छ ।वीरगंज म.न.पा. वडा नं.–१५ मा रहेको श्री राधाकृष्ण प्रणामी मन्दिरमा एक कार्यक्रमको आयोजना गरी समपन्न भएको हो ।

यस संस्थाका अध्यक्ष सुरेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १५ का वडा अध्यक्ष रमेश प्रसाद यादव बिशिष्ट अतिथि सिर्जना बुढाथोकी अतिथि संजय कुमार अग्रवाल संस्थापक अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठ सदस्यहरु शंकर श्रेष्ठ, भेखनारायण साह, पारसनाथ प्रसाद, रामकुमार श्रेष्ठ, सुरेश प्रसाद पटेल, पवन देवी, शोभा साह, दुर्गेश सिंह, परिचालिका सीता मैया कुमारी श्रेष्ठ, रन्जु कुमारी, संगीता देवी तिवारी, रोशनी लगायतको उपस्थिति रहेका थिए।

यस संस्थाले स्थापना काल २०६८ साल देखि नै बिभिन्न चेतना मुलक, सिप मुलक जस्ता कार्यक्रम गरी महिला दिदी बहिनीहरुलाई सफलता पूर्वक सिप सिकाई आत्म निर्भर बनाइएको छ ।

वडा अध्यक्ष यादवले बोल्दै यस संस्थाले गरेका गरीब निमुखालाई बन्चित गरी केहि बिभेदकारी समस्यालाई औल्याउदै एक घर बाट तीन तीन जना आफु, सासु मां, छोरी, बुहारीलाई समेतलाई सहभागीता गराउने कार्यले मन दुखाइयो । प्रमाण पत्र पनि लिने र त्यसलाई ब्यवहारमा न ल्याउने अवस्थालाई सुधारमा लयाउन जोड दिदै कार्य सफलताको शुभकामना दिएका थिए । कार्यक्रम संचालन रेडियो कर्मी उज्जवल शर्माले सहजिकरण गरेका थिए ।





