एल.एस. न्यूरोे एण्ड जेनेरल अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम उपलब्ध

एल.एस. न्यूरोे एण्ड जेनेरल अस्पतालका अध्यक्ष श्याम बाबु पटेल तथा प्रवन्ध निर्देशक
रामप्रवेश प्रसाद कुर्मीले आफनै परवानीपुर वडा नं. ५ नौतनमा रहेको एल.एस. न्यूरोे एण्ड जेनेरल अस्पतालमा एक पत्रकार सम्मेलनको आयोजना गरेका छन ।
सो कार्यक्रमा बोल्दै नेपाल सरकार द्धारा मान्यता प्राप्त आमा सुरक्षा कार्यक्रम निःशूल्क प्रसुती सेवा यही आउदो २०७९।०८।१५ गते देखि संचालन हुन गईरहेको बताएका छन । यस आमा सुरक्षा कार्यक्रमबाट यो अस्पतालले आम जनताको निःशुल्क गाईनो सेवा उपलब्ध गरानेछ । यस अन्तर्गत निःशूल्क रुपमा प्रसुती सेवा प्रदान गर्नुको साथै अपरेशनको माध्यमले जनमिने बच्चाको समेत शुल्क नलागने बताउनु भयो । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममा भएको व्यवस्था अनुसार सेवा प्रदान गरिनेछ । ज्ञाइनो तथा प्रशुती विषेशज्ञ डा. एनी पाण्डे र तरन्नुम अफरोज खातुन सहभागीता रहेका छन ।