साना किसान कृषि सहकारी संस्थाको ६ औं बार्षिक साधारण सभा सम्पन्न

बारा । बाराको प्रसौनी गाउँपालिकाको नौतन गण्डक चौकमा रहेको मधेस सेवा आश्रममा साना किसान कृषि सहकारी संस्था लि.को छेठौ बार्षिक साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

ग्रामीण गरिबी न्यूनीकरण गर्ने उदेश्यका साथ विभिन्न छेत्रमा दिगो आर्थिक लगानी श्रोत निर्माण गरि अर्थतन्त्र चलायमान बनाउने कार्य गर्दै समाजमा सहयोगि भुमिका निर्वाह गर्दै योगदान रहेकोे छ ।

यस संस्थाका सभापति रुना देबि कलवारको अध्यक्षता तथा शाखा प्रवन्धक बिकाश यादवको सहकार्यमा भएको कार्यक्रमका प्रमुख अतिथि साना किसान कृषि सहकारी संस्था लि. का जिल्ला अध्यक्ष मिस्री लाल सहनी बिशिस्ट अथिती जिल्ला उपाध्यक्ष नैन कला खड्का सचिव राम एकबाल चौधरी अतिथिहरु शम्भु सहनी, पुष्पराज खतिवडा, प्रकाश रिमाल, कपबता बस्नेत, सजिला खातुन, झबेन्द्र बराल विभिन्न शाखाका पदाधिकारी तथा शाखा अध्यक्षहरु, देवकी नयौपाने, प्रमोद राम,सुरक्षा कर्मि, संचारकर्मी लगायत महिला सदस्यहरुको उल्लेखनीय उपस्थिती रहेका थिए ।

लिएको कर्जा ब्याज समयमा किस्ता तिर्ने उत्कृष्ट महिला सदस्यहरुलाई पुरस्कार बितरण गरेका थिए । एकल महिला तथा जेष्ठ नागरिकलाई नगद रु. ५००।– सहित हर्लिस बितरण गरिएका थिए । आफ्ना सदस्यहरुलाई कृषि कार्यमा सहज होस भने समुहमा स्प्रेटन्की समेत बितरण गरिए छ ।

आ.ब. २०८१÷२०८२ को बिबरण सार्बजनिक गरिएकामा लगानी करीब रु. ७ करोड रहेकोमा रु. १९.३०००० लाख नाफामा रहेको छ ।यस संस्था स्थापना काल देखि नै ईमान्दारिता र कर्तव्य निष्ठ रहि आफ्ना सदस्यहरुलाई आर्थिक सहयोग गर्दै हाल ६७३ ¬जना सदस्य सहभागी रहेका छ्न भने थपदै जाने योजना रहेको छ ।

यस कार्यक्रमलाई अहम भुमिका निर्वाह गर्दै सहयोग गरि सफल बनाउने ¬सदस्य, कर्मचारीहरुलाई उच्च मुल्यांकन गरि सम्मान गरिएको छ । कार्यक्रम संचालक अनिल कुमार गौरवले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close