हुण्डी कारोबार गर्ने २ जना पक्राउ

वीरगंज । वीरगंजको घण्टाघर अ. प्र. पोष्टबाट खटिएको प्रहरी टोलीले चेक जांचको क्रममा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.८ घण्टाघरबाट द्यच्ण्छब्भ् ढघद्धघ नम्बरको स्कुटरमा दुई जना व्यक्तिरू संकाष्पद रुपमा सवार भई रहेको देखि स्कुटर रोकी चेक जाँच गर्ने क्रममा स्कुटरमा पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १६ नगवा बस्ने वर्ष ३४ को बिकाश साह र पछाडी बस्ने पर्सा वीरगञ्ज म.न.पा. वडा नं. १८ ईनर्वा मनियारी बस्ने वर्ष १९ को सुवास कुमार साह बोकेको झोला तलासी लिँदा उक्त झोला भित्र हजार, पाँचसय तथा सय दरका २२,५०,०००।– (बाईस लाख पचास हजार ) नेपाली रुपैया भेटिएको र उल्लखित रुपैयाहरूको श्रोत खुलाउन नसकेको हुँदा
दुवै जनालाई नियन्त्रणमा लिई उल्लेखित नेपाली नम्बरको स्कुटी र निजहरले प्रयोग गरेको मोबाईल थान–
२ सहित बरामद गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको ।
जिल्ला प्रहरी कार्यालय पर्साका नायब उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी दिपक गिरीले बताउनु भयो ।






