साना किसान कृषि सहकारी संस्था लि.को चौथो साधारण सभा सम्पन्न ।

आश महमद मिया
बारा प्रसौनी गाउँपालिका वडा नः–२ मा रहेको साना किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक साधारण सभा प्रतिवेदन सहित समपन्न भएको छ ।

साना किसान कृषि सहकारी संस्था लि. एउटा यस्तो संस्था हो जुन गाउंघरमा रहेको बिपन गरिबको लागी आर्थिक योजना कर्जा, कारोबार, सहुलियत ऋणको रुपमा सहयोगी भूमिका निर्वाह गर्दछ । जस्ले बिना धितो सानो तिनो ब्यपार ब्यवसाय उन्नतीको लागी सस्तो बयाज दरमा लगानी लगाउछ र त्यसैले बचत गर्ने बानी बसाल्छ ।

साना किसान कृषि सहकारी संस्था लि. प्रसौनीका अध्यक्ष रुना देबि कलवारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेस अध्यक्ष तथा मधेस प्रदेश भौतिक पुर्बाधार यातायात पुर्ब मन्त्री जितेन्द्र सोनल बिशिष्ट अतिथि पूर्व गाउंपालिका अध्यक्ष भोला प्रसाद गुप्ता बिशिष्ट अतिथि ने.क. पा. (माओबादी¬) युवा नेता बिजय यादव, वडा अध्यक्ष इसलाम मियाँ, मनहर्वा शाखाका उपाध्यक्ष नयनकला खडका सकलदेव मुखिया, निपु कुमार गुप्ता संचालक समितिका पदाधिकारी, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायत जन समुदायको उपस्थिति रहेको थियो ।

२०७४ सालमा सुरु गरेको संस्थामा महिला सदस्यको सहभागिता चलिरहेको छ । संस्थाका प्रबन्धकको योगदान पुर्ण बिश्वास अटल प्रयास र कर्तब्य निष्ट रहि प्रसौनी गाउँ पालिका भरी कार्यक्षेत्र तोकेको छ भने अब उप्रान्त अन्य शाखा बिस्तार गरि सेवा दिनेछ । अगामी दिनमा शुरु गरेको संस्थामा हाल ५९३ जना महिला सदस्यहरु छन । समूह १०७ सेयर ४४५७०००/– बचत २०२२००००/– लगानी ४७२०००००/– आम्दानी ७३४००००/– खर्च ५९८६०००/– नाफा १३५४०००/– रहेको छ । प्रवन्धकको योगदानको कारण देश जरजर मन्दीको अवस्थामा गुजरिरहेको बेलाामा पनि यो संस्थाले पूर्ण सफल भएको देखिन्छ ।

यस संस्थाका सदस्यहरुको योगदान निरन्तर सहयोगको उच्च मूल्याक्न गरि सदस्य हसिना खातुन ,निलावती देबि कोइरिन, चिन्ता देवि पान्डे, राधा देबि श्रेष्ठ ,सहनाज खातुनलाई सम्मान गरिएकोछ भने मायाको चिनो पुर्ब मन्त्री जितेन्द्र सोनल पत्रकार प्रवेज चौधरी वडा अध्यक्ष इस्लाम मिया तथा सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । कार्यक्रम संचालन बिकास यादवले गरेका थिए ।






