नेसनल प्याब्सनको आठौ राष्ट्रिय महाअधिवेशन वीरगंज

आशमहम्म मियाँ
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौं राष्ट्रिय महाधिवेशन मधेश प्रदेशको आर्थिक नगरी बीरगंजको को टाउनहल भई रहेको छ ।
संविधान सभा सदस्य तथा नेशनल प्यापसनका संस्थापक संयोजक श्रीमती गिता राना क्षेत्री, पूर्व अध्यक्ष-सह–संयोजक कर्णबहादुर शाही, ब्रध्तुराज सापकोटा, उपाध्यक्ष ब्रजेन्द्र विद्य, सुबोध कुमार डौगी, महासचिव पारसमणि दाहाल, कोषाध्यक्ष प्रताप बहादुर थापा सदस्य ईन्द्रदेव शाह, शिवदत्त तिवारी, चन्द्र नारायण मण्डल प्रदेश अध्यक्ष डा. नन्दन यादव पर्सा जिल्ला अध्यक्ष श्री रामराज श्रेष्ठ कार्यक्रम संचालक उद्घोष कुसुम रानाभट्ट लगायत अतिथी गण संचारकर्मी सदस्यहरुको उपस्तिथी रहेको थियो ।
नेपाल भरीका ३६ वटा जिल्लाका लगभग १५०० विद्यालयका संस्थापक÷लगानीकर्ता, प्रिन्सिपलज्यूहरू सहित निजी लगानी तथा व्यवस्थापनमा संचालन रहेका दुई हजार भन्दा बढि सदस्य रहेको यस एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइरहेका छन ।
वर्तमान संविधान र संविधानले अंगिकार गरेको संघियता अनुसारको शिक्षा ऐन आउन नसकिरहेको अवस्थामा निजी विद्यालय संचालनमा ऐन र कानून प्रष्ट नहुँदा हाल देखिएको समस्याहरू विद्यालय सञ्चालनमा अफ्ठ्यारो अवस्थाको सामना गर्नु परिरहेको छ ।
यस्तो अफ्ठ्यारो परिस्थितिमा हुन लागेको आठौं राष्ट्रिय महाधिवेशनले प्रस्तावित विद्यालय शिक्षा ऐन तथा भविष्यमा बन्ने नियम, कानून निजी लगानीका विद्यालय मैत्री बन्न बनाउन महाधिवेशन प्रतिनिधिहरूको सुझाव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
शिक्षा क्षेत्रमा निजी क्षेत्रको लगानी÷सहभागितालाई अझ सुदृढ बनाउँदै राज्यको कानुन अनुसार कर तिर्ने, सेवा सुविधाको पहुँच र प्रवाहलाई व्यापक वृद्धि गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्ने, राष्ट्रले अंगिकार गरेको दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पु¥याउन शिक्षामा गुणस्तर कायम गर्दै राष्ट्र र राष्ट्रियता प्रति प्रतिबद्ध रही आ–आफ्नो व्यवसायमा दत्तचित्त रहँदै निजी विद्यालयका सञ्चालक, प्रिन्सिपलज्यूहरूलाई प्रतिवद्ध रहन महाधिवेशनले आव्हान गर्ने छ ।