पानीको पैसामा भ्रष्टचार

कलैया–वीरगंज सडक अन्तर्गत पर्ने प्रसौनी गाउंपालिका वडा नं. २ प्रसौनी बजार स्थित पानी जमने खाल्डो अगाडी नै रोडमा शान्ति पुर्ण धर्ना दिदै बिरोध गरिएको छ । लोजपा गाउँकमिटी अध्यक्ष तथा पूर्व गा.पा. अध्यक्ष श्री भोला प्रसाद गुप्ता, पूर्व वडा अध्यक्षहरु सुरेश प्रसाद गुप्ता, आनन्द गुप्ता, सनई साह लगायत स्थानियहरुले पानीको पैसामा भ्रष्टाचार भईरहेको भन्दै बिरोध गर्दै धर्नामा बसेका छन ।  हामी नै लयाएको बजेट अनावश्यक पानी ढुवानीमा दुरपयोग भईरहेको भन्दै यस कार्यलाई रोकी पानी निकासाको लागी नाला बनाउनु पर्ने बताएका छन ।

स्थानिय प्रसौनी बजार एरिया लगायत घर धुरीको फोहोर पानी यसै खाल्डोमा आई जमा हुने भएकाले यसबाट उत्पन्न हुने बिभिन्न किसिमका डेगु जस्ता रोगहरु सिकार किसानको अन्न बाली नोक्सानीले गर्दा बेला बेलामा बिबाद उत्पन्न हुने गरेका छन ।

यस विषयमा प्रसौनी गाउंपालिकाका अध्यक्ष बिनोद जैसवालसंग बुृझ्दा पानी ढवानीमा कुनै किसिमको भ्रष्टाचार न भएको र तत्काल किसानलाई गेहु बालीमा पानीबाट क्षती नहोस भन्दै पानी निकालिएको बताउनु भयो । आफनै दमकल र टयान्कर भएकाले न्यून्तम तेल खर्च लाग्ने भएकाले जो सुकै हेर्न सकिने बताउनु भयो । यसका लागी बजेट निकासा भै टेन्डर भै सकेकाले यो काम चाडै हुने बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close