बहुदरमाईमा विकास निर्माणको कार्य द्रुत गतिमाः प्रमुख प्रशासकीय अधिकृत मुस्तफा

पर्साको बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेरे मुस्तुफाले आम नागरिकको प्रत्यक्ष जीवन संग जोडिएको विकास निर्माणका कार्य संग–संगै भ्रष्टाचार र अनियमित्ताका चाङ थुप्रिएको जनगुनासो बढ्ेको छ ।

अहिलेको वर्तमान परिवेशमा भागबन्डाको राजनीति चलेको छ । अलग–अलग दलबाट फरक–फरक व्यक्ति निर्वाचित भएर आउंदछन् । वहांहरुले पालिकाको समग्र विकास भन्दा पनि आफ्नो स्वार्थमा लिप्त देखिन्छ ।प्रमुख प्रशासकीय अधिकृत मुस्तुफाले यस अनलाईसँग कुराकानी गर्दै  कार्यभार सम्हालेको झण्डै पौने तीन महिनाको अवधिमा पूरक नगर सभा गराउंदै डोकैला बहुअरी देखि बिश्रामपुर जाने बाटो सम्मको पिंच कार्य अगाडी बढाएको र ४\५ वर्ष देखि अधुरो रहेको गम्हरीया–नगरदाहा सडक खण्ड पिच बनाउने कार्य करिब ७० प्रतिशतसम्म सम्पन्न भईसकेको अवस्था छ ।

पालिका भित्र रहेको सहायक तथा कृषि सडकहरुलाई मुल सकडहरुमा जोडनका लागि धमाधम कार्यहरु भईरहेको समेत मुस्तुफाले बताए ।

यहाँ आए देखी विद्यालयहरु, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, दिवा खाजा, कृषि क्षेत्र, विद्यालय व्यवस्थापन समिति लगायत अनुगमन गरे अनुगमनको क्रममा पार्ईका कमी कमजोरीलाई ब्यवस्थापन गर्दै पाठ्य पुस्तक, छात्रबृति, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, दिवा खाजा, कृषि क्षेत्र अनुदान र बिकास निर्माण पूर्वाधारका कार्यहरु समयमा रकम पठाई ब्यवस्थान गरिएको छ ।

यो पालिका कृषि मुलक पालिका रहेकोले धान, गेहु तरकारी खेतीमा कृषकहरु बढी आर्सित भएकाले कृषकहरु लाभान्वित हुने कार्य योजना लयाइएको छ ।

पुरानै काम गरेको भुक्तानी चल्दै थिए । तर अहिले भने सम्झौता गरेको काम लगभग भैइसकेको छ ।जनचाहना अनुसार एउटा कार्य विधि बनाई काम गर्ने जनप्रतिनिधीहरुले सबै ¬¬¬¬क्षेत्रमा सन्तुलित बजेट बिनियोजन होस् भने प्रस्ताव राख्छौ ।
कर्मचारीहरुलाई नियमित र समयमा आउने विकास निर्माणको कार्य द्रुत गतिमा जनचाहना अनुसार छिटो छरितो होस् मेरो चाहना र्हेको बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close