सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दिँदै कांग्रेस नेता अमरेशकुमार सिंह

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन्।

आफू सर्लाही पुगिसकेको र आजै अपरान्ह ३ बजेतिर उम्मेदवारी दर्ता गर्ने सिंहले सेतोपाटीलाई बताए।

उनी २०७४ को चुनावमा सर्लाही ४ बाटै निर्वाचित भएका थिए।

सर्लाही ४ बाट क्षेत्रीय कार्यसमितिले उनको नाम उम्मेदवारमा सिफारिस गरेको थिएन। उनले मधेश प्रदेश कार्यसमितिमा निवेदन दिएपछि उम्मेदवारमा उनको नाम सिफारिस भएको थियो।

सिंहले आफूले प्रतिनिधि सभा क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने र प्रदेश सभा क्षेत्रहरूमा पनि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन्।

सर्लाही ४ मा कांग्रेसबाट नागेन्द्र रायले टिकट पाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close