म्यादी प्रहरीको प्रशिक्षण तालिम अन्तिम चरणमा

ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डक मातहतमा रहेका करीब २६३ म्यादी प्रहरीहरुलाई मंसिरमा ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षाका लागि खटिने म्यादी प्रहरीलाई प्रहरी सहायक निरिक्षक रोहुल्लाह शेखको कमाण्डमा प्रशिक्षण तालिमलाई गरिएको थियो । तालिमका लागी विहान ७ बजे आइपुग्ने उनीहरुलाई सुरुमा छोटो दौड, कवाज, सलामी, लाठी अभ्यास लगायतका बिभिन्न थरीका शारीरिक अभ्यास गराइएको थियो । त्यसपछि भने मतदानस्थलको बनावट, सुरक्षा, सूचना संकलन र खबर आदान प्रदान, मतपेटिका व्यवस्थापन र निर्वाचन सम्बन्धी कक्षा दिइने गरिएको थियो ।
सो तालिमको अन्तिम चरणको समापन प्रसौनी गाउंपालिका वडा नं.–३ नौतन पोखरीको ड्रिलमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमूख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटीले गरेका छन ।

म्यादी प्रहरीका जवानहरु प्रहरी एउटा यस्तो साथीहो जस्ले सारा भेदभाव छोडेर देशको लागी अनुसासनमा रही सुरक्षा दिने गर्दछ । यो पोशाक कसैको देन नभई हामीले परिश्रम गरेर लयाएको फल हो । त्यसैले कसैको डर धाक त्रासमा नभई ईम्नदारीता, कर्तब्यनिष्ट अनुसासनमा रहि देशको अर्थ तन्त्र नै बदल दिने मंसिरमा ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी भै सफल बनाउन प्रम’ख प्रहरी उपरिक्षक होबिन्द्र बोगटी अनुरोध गर्नु भयो ।






