बारामा मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।
सिम्रौनगढबाट कोल्हबी तर्फ जाँदै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






