टेम्पो मोटरसाईकल ठोकिदा एकको मृत्यु
आश महम्द मियाँ
बारा, कलैया–वीरगंज सडक अन्तर्गत पर्ने फेटा गाउँपालिका वडा नं.–१ भलुही चौक नजिक साँझ ६.४० बजेको समयमा नम्बर नखुलेको सवारी साधन टेम्पो मोटरसाईकल ठोकिदा एकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएका प्र.नि. बिनोद बोहराको कमाण्डमा प्रहरी टोलीले घटना स्थलमा पुगी घाईतेलाई कलैया अस्पतालमा पठाइएको थिए । मोटरसाइकल नं. २–०३–०१७ प ९७५० नं. को मो.सा. चालक जि. बारा कलैया उ.म.न.पा.वडा २३ बैराठपुर बस्ने बर्ष ३३ को श्री भगवान पटेललाई टेम्पोले ठक्कर दिदाँ शख्त घाइतेलाई उपचारको लागी कलैया अस्पतालमा लगिएकोमा मृत घोषित गरिएकोछ ।
यस सडक खण्ड क्षेत्रमा दिनहु घटनाहरु घटिरहेकोले सवारी चलाउदा तीब्र गतीमा हैन सयममता अपनाएर चलाऔ ।
मोटरसाईकल प्रहरी नियन्त्रणमा र नम्बर नखुलेको टेम्पो फरार रहेको खोज तलास र घटनाको थप अनुसंधान भैरहेको जि.प्र.का. प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्ले जानकारी गराउनु भयो ।