छात्राहरुलाई साईकल वितरण

वीरगंज । बाराको प्रसौनी गाउँपालिकाको वडा नम्बर ३ नौतनमा आज एक कार्यक्रमका बिच छात्राहरुलाई साईकल बितरण गरिएको छ । वडाले श्री राम जानकी नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय नौतनका १३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो ।

विद्यालय भएको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष छेटोलाल साह कानूले साईकल बितरण गर्नु भयो ।
बिधालयका प्रध्यानाध्यपक अनिल यादवको अध्यक्षतामा भएको साईकल बितरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष ,वडा सदस्य राजेश गुप्ता, शिक्षक, अभिभवाक लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

छात्राहरुलाई शिक्षा प्रति थप जिम्मेवार बनाउन र अध्ययन अध्यापन सहज बनाउने उदेश्य राखी साईकल बितरण गरिएको प्रसौनी गाउँपालिका नं.–३ नौतनका वडा अध्यक्ष छेटोलाल साह कानूले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close