यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखामा प्रमुख साहको मिलोमतोमा भ्रष्टाचार हुदै

वीरगंज । तपाईहरुलाई सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाउनु छ भने अब चिन्ता गर्नु पर्दैन, पैसा भए सजिलै पाउन सकिन्छ । तपाई अयोग्य भए पनि अब तपाईको लाईसेन्स यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजले दिन्छ, ढुक्क हुनुहोस ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगंजमा मोटरसाईकल, जिप, कार, बस, ट्रक लगायत कुनै पनि सवारी साधनको अनुमति लिन पैसा भए सहजै पाउन सकिने बिचौलियाहरुले खुल्लेयाम सेवाग्रहीहरुलाई भन्न थालेका छन् ।

साना सवारीको अनुमति पत्रका लागि ८ हजार १५ हजार सम्म र ठूला सवारीहरुको लागि १५ हजार देखि ४० हजार सम्म तिरेर बिचौलियाहरुले धमाधम पास गराईरहेको सवारी चालक अनुमति पत्र शाखाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । सवारी चालक अनुमति पत्रको लागि आवेदन दिने व्यक्तिहरु कार्यालयकै कर्मचारी र बिचौलियहरु मार्फत रकम दिई धमाधम पास भईरहेको जो सुकै सँग पनि लुकेको छ्रैन् । कार्यालयका कर्मचारीहरुले करोडौ करोड जम्मा गरी एकमुस्ट नतिजा प्रकाशित गर्दै धमाधम लुटनमा मस्त रहेको बताईन्छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखाका प्रमुख सुशिल साह हुन् । उनको सरुवा मधेश प्रदेश वन पर्यटन तथा उद्योग मन्त्रालय मातहत रहेको उद्योग विभागको निमित्त महानिर्देशकमा भईसकेको छ । तर पनि उनी रकमको बलमा विभाग र सवारी चालक शाखा दुबै आफै चलाउनको लागि सेटिङ्ग गर्न कहिले काठमाडौं त कहिले मधेश प्रदेशको राजधानी जनकपुरधाम धाईरहेको समाचार स्रोतको कथन रहेको छ । सभारः तराई रिपोर्ट

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close