२०४७ को संविधान हाम्रो अभियान नाराका साथ पुजा अर्चना तथा नागरीक अभिनन्दन

नागरीक अभिनन्दन मुल समारोह समिति द्धारा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरि श्री ५ महाराजाधिराज ज्ञानेन्द्र बीर बिक्रम शाहदेब सरकारको सवारी कार्यक्रम सार्बजनिक गरेका छन ।
पर्सा, बारा, रौतहट र सर्लाहीको बिभिन्न धार्मिक स्थलहरुमा पुजा अर्चना तथा ठाउँ ठाउँमा नागरीक अभिनन्दन कार्यक्रम रहेकोे हुदाँ मौसुफ सरकारको सवारीलाई सभ्य र भव्य बनाउन जानकारी गराईएको छ ।

मिति २०८०।०९।२८ गते देखि २०८०।१०।१३ गते सम्म हुने कार्यक्रममा ने.वि. संघका सस्थापक संयोजक, नेपाली काग्रेसका वरिष्ठ नेता तथा बरिष्ठ अधिवक्ता श्री देवेन्द्र लाल नेपालीज्युको अध्यक्षतामा स्वागत तथा नागरीक अभिनन्दन मूल समारोह सर्माति एवं मुल समारोह समितिका महासचिव, राष्ट्रिय नागरीक सघर्ष समितिका प्रवक्ता एवं युनेस्को सस्थाहरुको गष्ट्रिय महासंघका पूर्व उपाध्यक्ष श्री हिरा बहादुर चन्दज्यूको संयोजकत्वमा सचिवालय समिति गठन भईसकेको व्यहोरा जानकारी गराए ।

२०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा सघसंस्थाहरुको प्रतिनिधिहरु समितिका सयोजक तथा सदस्यहरु रहेको व्यहोरा समेत जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close