नवदीप एकेडेमीको १२ औं वार्षिक उत्सवको अवसरमा खेलकुद कार्यक्रम सम्पन्न

बिरगंज । नवदीप एकेडेमीको १२ औं वार्षिक उत्सवको अवसरमा खेलकुद कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रम  बिरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालयको पछाडिपट्टि विपद् व्यवस्थापन गुल्मको खालि मैदानमा सम्पन्न भएको छ। यस नवदीप एकेडेमीको १२औं वार्षिक खेलकुद कार्यक्रमका प्रमुख अतिथी बिरगंज महानगरपालिकाको नगर प्रमुख मेयर राजेशमान सिंहको आतिथ्यमा सम्पन्न भएको थियो भने नवदीप एकेडेमीका संचालिका एवं प्रधानाध्यापिका तथा प्याब्सन पर्सा वरिष्ठ उपाध्यक्ष सुशिला साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

वार्षिकोत्सब समारोहमा रहबर अन्सारीले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो । उनले भने स-साना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने सहयोग सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।

बिधालयको वार्षिकोत्सब समारोहमा बिधालयले पी.जी. देखि कक्षा ८ सम्मका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्नुको साथै विभिन्न बिधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको थियोे ।बिधालयको वार्षिकोत्सब समारोहमा विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रममा स्वागत मनतब्य बिधालयका शिक्षिका रानी प्रजापतिले गरेकी थिइन् ।

सो कार्यक्रममा विशिष्ट अतिथी मधेश प्रदेश सभा सदस्य एवम् युवा नेता रहबर अन्सारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एस.पी. गौतम मिश्रा,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगाएतकाहरुको उपस्थिति रहेको थियोे।

उक्त कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश मानव सेवा,कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रभु अस्पतालकि संचालिका लक्ष्मी थापा,लायन्स कल्बका नरोतम पान्डे,सन्दीप साह लगाएतकाहरु एवम् विभिन्न मिडिया बाट आएका सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे।

नवदीप एकेडेमीले बिगत ५ बर्ष पुरानो शिक्षक एवम् शिक्षिका लाई नवदीप एकेडेमीका सन्चालिका सुशिला साहले उत्कृष्ट सम्मान गरेका थिईन।आज कार्यक्रम सहजीकरण नवदीप एकेडेमीका शिक्षक आदित्य यादव,नेहा अग्रवालले गरेका थिए।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close