बारामा सवारी दुर्घटना, एकको मृत्यु, तिन घाईते

आशमहम्द मियां ।
बारा । बारामा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने अन्य तिन जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत पर्ने निजगढ नगरपालिका वडा नं.–८ स्थित नारायणघाटबाट धरान तर्फ जादै गरेको प्र १–०–००१ ख ९७९३ नं. को बसले पिलुवातर्फ जादै गरेको ना ६३ प ८४४७ न.को मो. सा.मा ठक्कर दिदा उक्त मो. सा उछिटिएर सोही दिशातर्फ जादै गरेको ना ३ स ९२३७ न. को ई– रिक्साले सोही दिशातर्फ जादै गरेकको प्र. २–०३–००१ ह १०६६ न. को अटोमा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटना हुदा मोटरसाईकल चालक बारा, कोल्बी न.पा.वडा नं.३ जुगवा बस्ने अं.बर्ष २० को दिनेश चौधरीको मृत्यु भएको र ,जितपुर सिमरा उ.म.न.पा.१६ बस्ने अं.बर्ष २१ को कुल बहादुर थिङ, अं.बर्ष २२ को सानतेन लामा, न.पा. वडा न.१२ लाल बस्ने अं.बर्ष २४ को सुकराम बम्जन घाईते भएको छन् । घटनामा रहेका बस चालक सिराहा न.पा. वडा न. १२ बस्ने बर्ष ३० को अजय ठाकुर र अटो चालक निजगढ न.पा. वडा न.१२ लाल बस्ने अं.बर्ष २४ को सुकराम बम्जन प्रहरीको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close