बाराको प्रसौनी गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस कार्यक्रम सम्पन्न

आसमहमद मियाँ ।
बारा, असोज २ गते ।
राष्ट्रिय शिक्षा दिवस २०८१ को उपलक्ष्यमा प्रसौनी गाउंपालिका द्धारा आयोजना कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेसका खेलकुद मन्त्री प्रमोद जैसवाल, अध्यक्ष बिनोद प्रसाद जैसवाल र उपाध्यक्ष किरण देवी साहले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्दै शुभारम्भ गरेको थियो ।
यस पालिकामा रहेका बालबालिकाहरुको हौसला बढाउन उत्कृष्ट गरेका प्रथम, दृतिय र तृतिय भएका छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । सामुदायिक बिद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका छात्रछात्राहरुलाई कापी, कलम, साईकल, लपटप, स्टेसनरी र नगद २५०००।–को साथैमा प्रमाण–पत्रसमेत प्रदान गरेको छ । यस पालिकामा प्राथमिक, निम्म माध्यमिक र माध्यमिक गरी १३ वटा सामुदायिक बिद्यालय र एउटा मदर्सा बिद्यालय रहेको शिक्षा संयोजक संतोष साह रौनियारले बताए ।


यस पालिका अन्र्तगत रहेको शिक्षक, शिक्षिकाहरुलाई राजनितिक क्षेत्रबाट टाढा रहन, बालबालिकाको अनुपातमा शिक्षक, शिक्षिका नहुँदा पढाईको उत्साहजनक नतिजा आउन नसक्नु त्यो पनि एउटा कारण हो । शिक्षा क्षेत्रमा देखिएका बेतिथीहरुलाई कसरी सुधार गरी पठनपाठनमा सहयोग हुनेगरी व्यवस्थित बनाउन सबैको साझा दायित्व रहेको छ ।

विभिन्न विकासका साथसाथै शिक्षा क्षेत्रको पनि विभिन्न किसिमको कार्यक्रमको आयोजनागरी, बिद्यार्थीहरुको लागि पुरस्कृत, निबन्ध प्रतियोगिता, खेलकुद लगायतको कार्यक्रमगरी गरी उनीहरुको हौसला बढाउनुको साथै मधेशप्रदेसमा मात्र नभई नेपालमै चिनाउन यस पालिकालाई कार्य गर्ने त्यस्ता बिद्यार्थीहरुलाई पुरस्कृत गर्न व्यवस्था गर्नुपर्छ ।


यस कार्यक्रमका अध्यक्ष पालिका अध्यक्ष बिनोद प्रसाद जैसवालको सभापतित्व र मधेशप्रदेसका खेलकुद मन्त्री प्रमोद जैसवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष किरण देवी साह, अतिथिहरु प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, एस.पि.महेन्द्र खड्का, नेपाल बिद्युत प्राधिकरण विरगंजका प्रमुख अवधेश कुमार दुवे, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका प्रमुख, पालिकाको प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंह, तालिम केन्द्र बाराका प्रमुख ठुलोबाबु दहाल, नेकपा.एमाले बाराको प्रमुख अद्यानन्द पाण्डे, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश भट वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु,कर्मचारी, बालबालिकाहरु सुरक्षाकर्मी, संचारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रम संचालक प्रेमचन्द्र प्रसाद जयसवालले बताए ।





