अबैध सामान सहित ट्रकहरु पक्राउ

जिल्ला प्रहरी कार्यालय कलैया तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा अबैध सामान सहित ट्रक पक्राउ परेका छन ।

प्राप्त समाचार अनुसार विरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको गाडी जितपुर सिमरा उ.म.न.पा.वडा न.२१ स्थित चेक जाच गर्ने क्रममा ना. ६.ख.००८० न को ट्रकमा खुद्रा सामानहरु अ.मु.रु.२३,०१,८२६÷––(तेईस लाख एक हजार आठ सय छब्बिस)
ना.३.ख.७३११ न. को ट्रकमा खुद्रा सामानहरु अ.मु.रु.२३,२७,१६०।– (तेईस लाख सत्ताईस हजार एक सय साठी) र ना.३.ख. ४५६० नं. को ट्रकमा खुद्रा सामानहरु अ.मु.रु.२५,९८,३४२÷–(पचिस लाख अन्ठानब्बे हजार तिन सय बयालिस)
बराबरको सामानहरु बरामद भै सो बराबरको बिल बिजक नभएको गाडीहरु पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जानकारी गराईएको छ । जि.प्र.का. बाराका सुचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close