नवदीप एकेडेमी स्कुलको १२ औँ वार्षिकोत्सब समपन्न

आशमहमद मियाँ ।
वीरगंज । नवदीप एकेडेमी स्कुलको १२ औँ वार्षिकोत्सब बालबालिकाहरुको बिभिन्न खेलकुद नृत्य कार्यक्रम गरी सभय र भब्य रुपमा मनाइयो ।

वीरगंज महानगरपालिका वडा नं.–१५ भिस्वामा रहेको नवदीप एकेडेमी स्कुलको १२ औँ वार्षिकोत्सबको अवसरमा विभिन्न खेलकुद, नृत्य प्रतियोगितामा बिजेता प्रथम, दुतिय र तृतिय हुने बाल बालिकाहरुलाई स–सम्मान शिल्ड सहित पुरस्कृत गरिएका थिए ।

विद्यार्थीहरुले शिक्षा संगै अतिरिक्त क्रियाकलापमा निकै उपलब्धि गरेकोे र क्षमता विकास बढाउन यस्तै गतिविधि गर्न आवश्यकता रहेकोले नवदीप एकेडेमीका विद्यार्थीहरुले आज विभिन्न नृत्यहरु तथा खेलकुदमा राम्रो प्रदर्शन गरेकोमा बिधालय परिवारलाई धन्यवाद समेत दिनुभएको छ।

वीरगंज जिल्ला प्रहरी कार्यालय पछाडी रहेको विपद ब्यवस्थापन गुल्मको चौरमा सो कार्यक्रमको आयोजना नवदीप एकेडेमीका प्रिन्सिपल एवम् प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान् सिंहले फुलको विरुवामा पानी हालेर संयुक्त उदघाटन गर्न भयो ।

साथै यस स्कुलमा कार्यरत शिक्षक, शिक्षिकालाई उच्च मुल्याङ्ग गरी कदर पत्र सहित र अन्य अभिभावक, बुद्धिजिवी, समाज सेवी, पत्रकारहरुलाई गम्छा ओढाई सिल्ड हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

मधेस प्रदेशका सदस्य रहबर अन्सारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गौतम मिश्र, पर्सा जिल्ला प्याब्सन जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, मधेस प्रदेशका निति आयोगका सदस्य डाक्टर हरिशंकर साह, प्याब्सन पर्साका उपाध्यक्ष विरेन्द्र यादव, बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, डा. लक्ष्मी थापा, अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह, प्रेस सेन्टर नेपालका केन्द्रीय जगत राई लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको स्वागत मन्त्ब्य शिक्षिका रानी प्रजापतिले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण आदित्य यादव र नेहा अग्रवालले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close