लागु औषध सतिह तीन जना पक्राउ

आश महमद मियाँ ।
वीरगंज, २७ श्रावण । रक्सौलबाट आउदै गरेको तीन जना पैदल यात्रु लागृ औषधसहित पक्राउ परेका छन् ।

भारतको रक्सौलबाट वीरगंज आउदै गरेका तीन जना यात्रु माथि संकास्पद लागी आज बिहान पौने ८ बजे वीरगंज म.न.पा.–१६ इनर्वा स्थित रजत जयन्ती चौकमा चेकजाँचको क्रममा निजहरुको साथबाट १ हजार ४ सय ३८ एम्पुल फेनारगन र नुरफिन फेला परेको हो ।

उनीहरुले जिउमा सेतो टेपले बेरीएर एम्पुल, फेनारगन र नुरफिन ल्याइरहेको अवस्थामा तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको प्रहरीले जनाएको छ ।

भारत बिहार मोतिहारी जिल्ला रामगढवा गाउँ निवासी ४० बर्षिय हेमताज आलमको साथबाट ४४० एम्पुल, सोही ठाउँका २० बर्षिय अजित कुमार मलाहको साथबाट ४७९ एम्पुल र २० बर्षिय इमतिहान आलमको साथबाट ४७९ एम्पुल बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close