बंगरी नदीको पुल मर्मत संभारको अभावमा जिर्न भै दिनहु दुर्घटना

बारा जिल्ला क्षेत्र नं.४ अन्तर्गत रहेको प्रसौनी गाउंपालिकाको नकटुवा र फेटा गाउंपालिकाको त्रिवेणी बिच सिमामा रहेको बंगरी नदीको पक्की पुल बर्षौ बर्ष देखि मर्मत संभार नभएर जिर्न भै प्वाल भैसको छ । सो पुलको खाल्डोबाट पटक पटक दुर्घटना हुने गरेको छ । दुर्घटना भएको बेला ढाक छोप गर्न कहिले माटो पुरिन्छ त कहिले प्लेट बनाएर राखिन्छ ।

सिचाँई नहरको ड्रिलमा पिच बने देखि सडकमा दिनहु गण्डक देखि सिम्रौनगढ, गौर सम्मको लागी बाटो छोटो दुरी भएकोले आवत जावत गर्न अहिले सानो देखि ठूलो गाडी लगायत साईकल, मोटरसाईकलको लागी सजिलो भएको छ ।

तर यसमा केन्द्र, प्रदेश सरकार देखि लिएर स्थानिय पालिका निकाय सम्म नजर अन्दाज गर्दै मौन देखिन्छ । आखिर किन होला । बर्षौ बर्ष देखि मर्मत संभार नभएर जिर्न भै प्वाल भएर भाचिसकेका पुलमा पटक पटक दुर्घटना हुने भैरहदा पनि सम्बन्धित निकायको चासो नदिनु कति जिम्मेवारी निर्वाह भईरहेको बुझन सकिन्छ । निर्वाचनको बेलामा आफुलाई ठूलो भनाउदा नेताहरु बिकासको लामो लामो कुरा गर्ने नेता ज्यूहरु कहा हराउ छन । सवारीको चाप भएको पुलको खाल्डोबाट पटक पटक दुर्घटना हुनु स्थानिय निकायको पहलो प्राथमिकता चाडो भन्दा चाडो ध्यान जाओस ।





