बहिरा बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै एकजुट भएर काम गरौं, मेयर सिंह

पर्सा बहिरा संघको आयोजना तथा बिरगंज महानगरपालिकाको सहयोगमा बिरगंजमा आजदेखी सुरु भएको सरोका¬¬रवालाहरुको लागि १० दिने आधारभुत सान्केतिक भाषा तालिममा १५ जना महिला, पुरुषको सहभागिता रहकोे छ । तालिमको उद्घाटन प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नु भयो ।
बहिरा बालबालिकाहरुको उज्वल भबिष्यको लागि एकजुट भएर काम गर्नु पर्ने बताए । बहिरा विद्यार्थीका लागि आवत–जावत सहज बनाउन यात्रुवाहक बस यातायातको व्यवस्था मिलाउने देखि लिएर शिक्षा, स्वास्थ्यको प्रबन्ध महानगरले गरिरहेको पनि बताउनुभयो ।

त्यसै गरी महानगर क्षेत्रमा दुई सय जना बहिरा विद्यार्थीहरु रहेको भन्दै उनीहरुको शिक्षा अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधा सम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै सरोकारवाला निकाय एक जुट भएर काम गर्नुपर्ने समेत बताए । बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमको लागि सहयोग गरेको पनि उहाँले बताउनु भयो ।

पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बिरगंज महानगर पालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, शिक्षा अधिकृत हरि राउत, पर्सा बहिरा संघका अध्यक्ष सगुन श्रेष्ठ , बि. म. न. पा. स्वास्थ्य शाखाका रुपनारायण झा, नगर प्रमुखका स्वकीय सचिब सत्यराज घिमिरे, ज.स्वा. नि. सुनिल कुमार कुर्मी , जहिर आलम , वडा प्रहरी कार्यालय बिर्ताका सन्तोष यादव , गै. स. स. शाखाका परवेज आलम, पर्सा बहिरा संघका कोषाध्यक्ष जुल्फकार अन्सारी , आरजु खातुन लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण पर्सा बहिरा संघका दोभाषे अर्चना कर्णले गर्नुभएको थियो ।





