मोटरसाईकल र अटो दुर्घाटना

आशमहमद मियाँ

कलैया–वीरगंज सडक खण्ड अन्तर्गत पर्ने परवानीपुर गाउँपालिका–५ सानो नौतन मन्दिर नजिक साझ ५.४५ बजेको समयमा दुर्घटना भएको छ ।


कलैयाबाट आईरहेको टेम्पो नं. ना–१ ह ४९६८ र मो. सा. नं. प २–०३–०१४ प सुपर स्पेलेण्डर मोटरसाईकल एकआपसमा ठोकिदा दुर्घटना भएको छ ।

मो.सा. चालक परवानीपुर गा.पा–१ बुनियाद निवासी तैयब अंसारीको छोरा अ. बर्ष ३० का अइया हवारी पछाडी सवार ऐ ऐ बस्ने श्रीदेव मण्डलको छोरा अ. बर्ष २० का दिपेश मण्डल रहेका छन । अटो चालक वीरगंजम म.न.पा.–१४ चिनी मिल पिपराका निवासी अ. बर्ष ४४ को जिमदार राउत कुर्मी रहेका छन ।

सडकमा लडेर गम्भिर घाईते भएको अवस्थामा ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डक मातहतका प्रहरी लगायत स्थानियको सहयोगमा एमबुलेन्सबाट घाईतेहरुलाई एल. एस. न्यूरो अस्पताल परवानीपुर गा.पा.–५ नौतनमा लगिएको छ ।

दुईटै चालक मोटर साइकल सवार तीनै जनालाई चोट पटक लागी सख्त घाइते भएका छन । घाइतेलाई एल. एस. न्यूरो अस्पतालमा उपचार भैरहेको जनाईएको छ । बिशेष जानकारी आउन बाकी….

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close