जगरनाथपुर गाउँपालिकाको अधिकृत र लेखापालले बढी कमिशन दिनेलाई मात्र ठेक्का पट्टा दिदै

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा भ्रष्टाचार व्यापक बढेको छ । गाउँपालिको संचालन गर्ने सम्पूर्ण कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृतले सम्झौताकै बखत नै बार्गेनिङ्ग गरि ठेक्का पट्टा लगाउने कार्य हुने गरिएको एक श्रोतले जानकारी दिएको छ ।

गाउँपालिकाबाट संचालित सामाजिक विकास तथा लक्षित वर्ग कार्यक्रम संचालन गर्न सम्झौता गर्ने बखत नै प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले २० देखि ४० प्रतिशत सम्म कमिशन लिने गरेको जानकारी प्राप्त भएको छ । पालिकाबाट संचालन गरिने भौतिक पूर्वाधार विकासको कार्य गर्न पालिकासँग सम्झौता भएकै बखत ठेकेदारसँग कमिशनको बार्गेनिङ्ग गर्ने गरिएको एक ठेकेदारले नाम नछाप्ने शर्तमा बताएका छन् ।

यति मात्र होइन, पालिकाबाट सूचनाको हकमा पनि पारदर्शि नभई भित्रभित्रै गोरख धन्दा पनि हुने गरिएको बताइएको छ । पालिकाबाट कुनै पनि टेण्डर प्रकाशित हुँदा पालिकाको सूचना पार्टीमा टाँस्नुपर्ने तथा आधिकारिक वेभसाइटमा राख्नुपर्नेमा पालिकाबाट कुनै किसिमको कार्य नहुने गरेको पाइएको छ । यो सबै कार्य गोप्य रुपमा वीरगंजमा प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृतको डेराबाट हुने गरेको बताइएको छ ।

पालिकामा अनाधिकृत रुपमा कमिशनको भरमा गोप्य ठेक्का पट्टा हुने गरेको पाइएको छ । पालिकाबाट सूचना सम्बन्धी कुनै पनि काम नियमानुसार पारदर्शि तरिकाले नहुने गरेको ठेकेदारको भनाई छ । ठेकेदारका अनुसार कुनैपनि ठेक्का लिनका लागि पहिला नै कमिशनको बार्गेनिङ्ग गर्ने गरिएको छ । सूचनालाई दबाएर बार्गेनिङ्गमा बढि कमिशन दिनेलाई मात्रै ठेक्का लगाइने गरिएको उनको भनाई छ । जगरनाथपुर गाउँपालिकामा यही यस्तै कामले गर्दा पटक पटक छापामारी समेत हुने गरेको छ । यो भन्दा केही दिन अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरि कागजातहरु नियन्त्रणमा लिई सर्वदिक नै रहेको छ ।

त्यस पश्चात केही दिन रोकिएको पालिकाको गोरख धन्दा पुनः संचालनमा आएको छ । केही दिन अघि मात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृतले यस्ता गोरख धन्दा गर्न माहिर रहेको श्रोतको दाबी छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close