बाराको क्षेत्र नं. ४ मा चुनावि रात्री सभा सम्पन्न

बारा । जसपा नेपाल र नेकपा एमाले द्धारा आयोजना गरेको बारा निर्वाचन क्षेत्र नं. ४ प्रसौनी गाउंपालिका वडा नं. ३ नौतनमा रात्री सभालाई संबोधन गर्दै प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री एकवाल मियां, बिशिष्ट अतिथि आत्मा राम साह, अतिथि प्रसौनी गाउंपालिका अध्यक्ष बिनोद पटेल, पूर्व गाउंपालिका अध्यक्ष हरिनारायण साह, वरिष्ट बकिल राम चन्द्र सिंह, क्ष्ँेत्रिय अध्यक्ष अशेसर प्रसाद गुप्ता, अमर यादव, मधुमाया यादव, संतोष यादव, रफिक हवारी, सन्जु साह, अजय पटेल, गंगा दास, रमेश यादव अन्य नेतागण, कार्यकर्ता, बुद्धिजीवी लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको सभाको सभाका अध्यक्ष राम प्रसाद साह तथा कार्यक्रम संचालक श्रीनारायण साहले गर्नु भएको थियो । सो सभालाई वक्ताहरुले बिभिन्न पार्टीका बिपक्षीहरुलाई भष्टाचारी रहेको आरोप लगाउदै जसपा नेपाल र नेकपा एमाले नै एयटा पार्टी हो जस्ले देशमा सुसाशन, समृद्ध, बिकासको योजना मुल्क पार्टी रहेको हुदां सूर्य र छातामा मतदान गर्न अपिल गरि रहेका थिए ।







