मुख्यमन्त्रीलाई हटाउने योजना छैन : उपेन्द्र यादव

जनकपुरधाम : जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन्।

उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजना समेत रहेको छैन।’

आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सो कुरा बताएका हुन्। ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन,’ अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन । हटाउने कुनै योजना पनि छैन।’

यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन्।

सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close