युवा नेता सन्नी गुप्ताको पक्षमा जनलहर

बारा । स्थानीय तहको चुनाव नजिकिदै जादा प्रसौनी गाउँपालिका वडा नं. २ का स्वतन्त्र वडा अध्यक्ष पदका युवा होनहार, लगनशिल समाजसेवी, कर्मठ, योग्य गुप्ता अन्य बिभिन्न पार्टीलाई चुनौती दिदै लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि वडामा जनताको सेवामा समर्पित हुदै आएका गुप्ता आउने बैशाख ३० गतेको चुनावको लागि स्वतन्त्र वडा अध्यक्षका उमेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहलाई तह लगाउन चुनौती दिदै उम्मेदवारी दिएको नेता गुप्ताले बताए ।
गुप्ता राजनीति पेशामा आबद्ध भइ वडा नं. २ का जनताको निम्ति आफनो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाई समाजको सेवकको रूपमा चिनाउन सफल गुप्ता नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले चर्चा समेत गर्न थालेका छन् ।
बिगतको पाँच बर्षमा निर्वाचित वडा अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्न न सक्नु साथै शिक्षा,स्वास्थ, रोजगार लगाएत अन्य क्षेत्रमा पनि सुधार नभएका कारण यसपालिको निर्वाचनमा, युवाहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाई चिनाउन सफल युवा नेता सन्नी गुप्तालाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।







