विश्व वातावरण दिवसको अवसरमा विश्रामपुर गाउँपालिकाको परिषदमा वृक्षरोपण

वीरगंज। विश्व वातावरण दिवसको अवसरमा विश्रामपुर गाउँपालिकाको परिषदमा वृक्षरोपण गरेको छ । विभिन्न प्रजातिका ५० वटा विरुवा रोपिएको हो । विश्रामपुर गाउँपालिकाको अध्यक्ष जुल्फकार अलि भुटो ( जुवैर भाइ ) उपप्रमुख प्रीयांका साह ( कृष्ण साह ) ले गापाको परिषद भित्र वृक्षरोपण गरेर कार्यक्रमलाई सम्बोधन गर्दै वातावरणको संरक्षणका लागि खाली ठाउँमा वृक्षरोपण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा गापाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा स्वास्थ शाखाको प्रमुख अलिअखबर हुसेन गुलाब मेहता देव मंडल जुमराती मिया बंजरगि जैसवाल कार्यपालिका सदस्यहरु सशस्त्र प्रहरी पत्रकार गाउँप्रहरी लगायतको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस