अवैध रक्सी भठ्ठी नस्ट

आशमहम्द मियां ।
बारा । बाराको विभिन्न दस ठाँउमा अवैध रुपमा संचालन रहेको रक्सी भठ्ठी नस्ट गरिएको छ ।
जि.प्र.कार्यालय बारावाट खटिएको प्रहरी टोली द्वारा करैयामाई गाँउपालिका वडा नं.–३ गालोपटीमा गरिएको छ, अवैध संचालन रहेको रक्सी भठ्ठी नस्ट त्यसतै महागढीमाई नगरपालिका वडा नंं–३, १० गंजभवानीपुरमा ९ ठाउवाट अवैध संचालन रहेको रक्सी भठ्ठी नस्ट गरिएको र बरामद मदिरा राख्ने ड्राम १४ वटा डेक्ची १ वटा र मदिरा बनाउने मेशिन ५वटा तथा कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २५ हजार लिटर नस्ट गरिएको छ ।जि.प्र. कार्यालय बाराले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस






