अत्यधिक चिसोको कारण जनजीवन प्रभावित

 आशमहमद मियाँ

पर्सा, १७ पुस ।  बिगत एक सातादेखि अत्यधिक चिसो बढेस“गै मध्यतराईका जिल्लाहरु बारा, पर्सा र रौतहटको जनजीवन कष्टकर बन्दै गएको छ । जिल्लाको सदरमुकाम आसपासका ठाउ“मा बिहानको तापक्रम न्यून रह“दै आएकोले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।

बिहानको तापक्रम अन्य दिनको तुलनामा एकदम कम रहने गरेको जल तथा मौसम विज्ञान बिभाग फिल्ड कार्यालय सिमरा बाराले जनाएको छ । घाम नलाग्ने तथा पश्चिमी वायुको प्रभावस“गै हावा चल्ने गरेकाले बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको सो कार्यालयका मौसम अवलोकनकर्ता प्रतिष्ठा अधिकारीले बताउनुभयो ।

कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्यांग्रिन थालेपछि दैनिक कामगर्ने सर्वसाधारणलाई समस्या भएको छ । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ, विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् ।

चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । चिसोले मुसहर, ढांगर, चमार, दुसाद्ध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, समुदायका मानिसहरु बढी प्रभावित हुने गरेको छ ।

“पछिल्लो एक साता यता तराईमा घाम लागेको छैन् । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेका छन् । बालबालिकाको पढनपाठन प्रभावित भएको छ, भने वृद्धवृद्धालाई पनि समस्या बढेको छ, विशेष गरी कोल्ड डायरिया, दम, उच्च रक्तचाप र खोकीको बिरामी बढी देखिएको नारायणी अस्पताल वीरगंजका मेडिकल औफिसर चिकित्सक उदयनारायण सिंहले बताउनु भयो । चिसो आउनु अगाडी नै हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद व्यवस्थापन समितिको बैठक भइ सकेको छ ।

मौसम परिवर्तनस“गै शीतलहर, जाडो लगायतबाट हुने अवस्था एवं विपदबाट पर्न सक्ने प्रभावलाई न्यूनीकरण गर्नेबारे छलफल भइ सकेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । बैठकले प्रभावित क्षेत्र, गाउँ, टोलको गरीब तथा विपन्न परिवारहरुको पहिचान गर्ने, राहत तथा उद्दारको लागि आवश्यक पर्ने, दाउरा, न्यानो कपडा कम्बल लगायतका आवश्यक सामाग्रीको भण्डारण गर्ने लगायतका बिषयमा १४ वटै स्थानीय तह र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

साथै डिभिजन वन कार्यालयले स्थानीय तहको आवश्यकता अनुसार दाउराको व्यवस्था गर्नेछ, उहाले भन्नु भयो । कुहिरोले गर्दा सवारी दुर्घटना हुने सम्भावना रहेकाले ५० मिटरभन्दा बढी सडक देख्न नसकिने अवस्था सिर्जना भएको छ, विपरित दिशाबाट आउने सवारीसाधान र पैदलयात्रु तथा सवारी दुर्घटनाको जोखिमबाट बचाउन ठाउँठाउँमा जनचेतना मुल्क कार्यक्रम गरिदैछ आवश्यक्ता भन्दा बढी बोक्ने सवारीलाई नियन्त्रण गरी ब्यवस्थापन गरिदैछ ।

ट्राफिक प्रहरीले निगरानी बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजले जनाएको छ । कुहिरोका बेला सवारी साधनको गतिलाई सक्दो कम स्पिडमा सवारी चलाउन चालकलाई जानकारी गराउने गरेको जनचेतना मुल्क कार्यक्रम चलाइएको छ । ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लोकराज भट्टले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close