मध्य पुषबाट चिसो शुरु

आज बिहान मधेस तराईको बारा, पर्सा लगायतका क्षेत्रमा अत्यधिक बढेको छ । विगतका वर्षहरूमा तराई÷मधेशको जिल्लाहरूमा पौष महिनाभर अत्यधिक जाडो हुने गरेको थियो । तर, यस वर्ष आजदेखि बल्ल चिसो महसुस भएको छ । चिसो बढ्ेसँगै जनजीवन प्रभावित हुन थालेको छ ।

जाडोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । चिसो छल्न गाउँघरमा विशेष गरी वृद्धवृद्धाहरु घुरा (आगो) ताप्ने गर्छन् । मौसम विभागले देशभरको मौसम सफा रहने बताएको छ । तर बिहानीपख भने तराई मधेस क्षेत्रमा बादल लागेर घाम नलाग्दा चिसो बढ्न थालेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close