जन मुखी पालिका अध्यक्ष जैसवाल

मुस्लिम समुदायको महान पर्व पाक पबित्र अत्यधिक बरकत वाली महिना आज शुक्रबार २० औ रोजा सम्पुर्णमा रमजान मुबारक हो ।
प्रसौनी गाउँपालिका द्वारा आयोजना गरेको इफ्तार कार्यक्रम पालिकाको कम्पाउण्ड मै राखिएको थिए । मुस्लिम धर्मावलम्बीहरुको लागी सामुहिक इफ्तारको ब्यवस्था गरिएका थिए ।

प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवालको आयोजनमा दशै, दिपावली, छठ पुजामा जसरी एक आपसमा शुभकामना आदानप्रदान , सम्मान , सद्भाव मिलन कार्यक्रम गरिन्छ ।

त्यसतै पालिकामा मुस्लिम समुदायका रोजा (निर्जल) रहेको बडा बुजुर्ग साथी भाईहरुसङ्ग बसेर अध्यक्ष जैसवालले इफ्तार गर्दा एक आपसमा भाईचरा सद्भाव रहेको प्रमाणित नै गराएका छ्न ।

सहभागी पालिका उपाध्यक्ष किरण देबि साह नया आउनु भएका प्रसाकिय अधिकृत श्याम किशोर प्रसाद, कर्मचारीहरु लक्ष्मि प्रसाद साह लगायत वडा अध्यक्ष याकुब अन्सारी , नेता नुरुलहोदा अन्सारी , अहमद आलम, सन्दिप यादव पालिका प्रहरीहरुको उपस्थिति रहेको थियो ।


इफ्तार गरि सके पछि नमाज पढी जनमुखी अध्यक्ष हो तो यस्तो भन्दै भलाकुसारी गर्दै आ-आफ्ना गन्तव्य तर्फ लागेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close