मन्दिर, मस्जिद सार्बजनिक सम्पती संरक्षण अभियान

बारा ।  बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक सम्पत्ती संरक्षण अभियान सुरु गरिएको छ ।

अभियानको अध्यक्षता गर्दै राष्ट्रिय सम्पदा तथा सार्बजनिक सम्पत्ती संरक्षण अभियानका अध्यक्ष जफर अंसारीले बिभिन्न प्रपञ्च खडा गरी माकुराको जाल जस्तो रहेको भूमाफियाहरुले सार्बजनिक जग्गा, धार्मिक स्थलहरुलाई मालपोत कार्यालयका कर्मचारीहरुलाई रकमको बलमा र पावरको प्रयोग गरी आफनो प्रभावमा पारी जस्तो सुकै काम गराउन सफल हुदै आएका छन ।

उनीहरुको चंगुलबाट सार्वजनिक जग्गा मुक्त गराउन संरक्षण अभियानले आवाज उठाउदै आएका छन । बिभिन्न बेला बखतमा भूमाफियाहरुले एक आपसमा मिलोमत गरी नितिगत फाइदाको लागी आर्थिक प्रलोभन देखाई मठ, मन्दिर, मस्जिद समेतको जग्गालाई आफनो व्यक्तिगत नाममा नामसारी गराउन सफल भएका छन ।

ततः पश्चात खोज बिनको क्रममा कतिपयले भ्रष्टाचारको मुदा खेपिरहेका छन भने कतिपयले जेल जिवन बिताउन बाध्य भएका छन् । यसता गलत कार्य रोक्न सम्पूर्ण जिम्मेवार निकायहरुलाई समयमै कडा भन्दा कडा कानुनी उपचार गरी भूमाफियाको चंगुलबाट मुक्त गराई आवश्यक कारवाही गर्न अभियानका अध्यक्ष अंसारीले मांग गरे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close