बिल बिजक भन्दा बढी समानहरू लोड रहेको ट्रक नियन्त्रणमा

वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोक स्थित सडकखण्डमा चेक जाचको क्रममा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली विल विजक भन्दा बढी मालबस्तुहरू रहेको लोड ट्रकलाई नियन्त्रणमा लिएका छन ।
वीरगञ्जबाट रुपनदेहीतर्फ जाँदै गरेको मालवाहक ट्रकमा विलमा उल्लेखित भन्दा बढी लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू उल्लेखित विल अनुसार अ.मु.रू.५२,६४,१०३।– ९ बाउन्न लाख चौसट्ठी हजार एक सय तीन बराबरको ट्रकभित्र लोड रहेको मालबस्तुहरू आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस






